मोदीको भ्रमणपछि जनकपुरमा पर्यटकको संख्या पाँच गुणाले बृद्धि | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

मोदीको भ्रमणपछि जनकपुरमा पर्यटकको संख्या पाँच गुणाले बृद्धि

जनकपुरधाम, १० पुस । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मोदीको भ्रमणपछि जनकपुरमा पर्यटकको संख्या पाँच गुणाले बृद्धि भएको बताएका छन् ।

नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख साहले भारत र नेपालको सम्बन्ध सामान्य दुई देशको भन्दा फरक भएको भन्दै त्यसको संवेदनशीलता सबैले बुझ्नुपर्ने बताए ।

उनले नेपाल भारतको व्यापारलाई चिनियाँ व्यापारले प्रतिस्थापन गर्न लागेको भन्दै त्यसका कारण खोजी गर्दै दुइदेशको सहयोग आदानप्रदान तथा धर्म संकृतिको जगेर्ना मिलेर गर्नुपर्ने बताए ।

नेपाल भारत खुल्ला सीमाना र बैवाहिक सम्बन्धका विषयमा भएको कार्यक्रममा नेपाल र भारतका नागरिकको सहभागिता रहेको थियो । कार्यक्रममा मैथिली अभियानकर्ता तथा भारतीय साहित्यकार वैद्यनाथ चौधरी वैजुबाबुले मिथिलाको प्राचीन ईतिहास, भूगोग तथा संस्कृति भएकाल प्रदेश–२को नामांकन मिथिला नैं राख्न सुझाव दिए ।

उनले भारतको हिन्दु विश्वविद्यालयस्तरकै विश्वविद्यालय सुरु गर्न चाहेको भन्दै त्यसमा सघाउन आग्रह गरे । कार्यक्रममा सहभागिहरुले नेपाल भारतबीचको सम्बन्धलाई कसैले चाहेर पनि कमजोर गर्न नसक्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);