काठमाडौं, १३ भदौ । गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् ।
उनले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन्, जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ। गृह राज्यमन्त्री श्रेष्ठको गाडीमा कसरी फर्जी नम्बर राखियो ? गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘मलार्इ थाहा छैन, मन्त्रालयको व्यवस्थापन महाशाखा हेर्ने सहसचिव हरिशरण पुडासैनीलार्इ थाहा होला।’ आजको कान्तिपुर दैनिकले खबर छापेको छ।