सरकारलाई चारैतिरबाट असफल बनाउन खोजियो : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

सरकारलाई चारैतिरबाट असफल बनाउन खोजियो : प्रधानमन्त्री

kp oli

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन चारैतिरबाट आलोचना भईरहेपनि आफु देश विकासका लागि निरन्तर लागि परेको बताएका छन् ।

शनिबार ज्यापु संस्कृती विकास कोषद्धारा आयोजित १५ औँ ज्यापु दिवस कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले विगतमा सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिएको भएता पनि असफल भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक विविधता भएको देश भएकाले सवै पर्वमा सार्वजनिक बिदा दिन नसकिएको बताए । उनले विदा कटौती गरिएको विषयमा पुनःछलफल गर्न सकिने धारणा राखे।

त्यसैगरी, कार्यक्रममा ज्यापु संस्कृती विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले जनजाती समुदायको मौलिक पर्वमा दिइने बिदा कटौती नगर्न सरकारसंग माग गरे ।

वर्षका १२ पूर्णिमामध्ये मंसिर शुक्ल पूर्णिमाका दिन ‘यःमरि पुन्हि’ अर्थात् धान्निपूर्णिमा मनाउन गरिन्छ । यो वर्ष पनि नेवारी समुदायले धुमधामका साथ यःमरी पर्व मनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);