राष्ट्रपतिले गरे तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

राष्ट्रपतिले गरे तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता

एजेन्सी, ४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न लागेको जनाएका हुन् । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गरेको मेक्सिको स्थित राष्ट्रपति कार्यालयले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा ओब्राडोरले अब आफ्नो मासिक तलब पाँच हजार ३ सय ७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिए । उनले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गरेका छन् ।

देशको ऋण अत्याधिक धेरै भएका कारण आर्थिक सुधार गर्न राष्ट्रपतिले नै आफ्नो पारिश्रमिकको तीन भागको एक भाग राज्य कोषमा जम्मा गर्ने योजना बनाएका हुन् । राष्ट्रपतिले देशका उच्च तहका कर्मचारी, न्यायाधीश लगायतलाई पनि आफ्नो पारिश्रमिकको केही भाग राज्य कोषमा जम्मा गर्न अनुरोध गरेका छन् ।

उनले देशको अर्थतन्त्रको सुधार गर्न तथा तल्लो तहका कर्मचारीको पारिश्रमिकमा सुधार ल्याउन त्यस्तो योजना थालेको जनाइएको छ । कतिपय विश्लेषकले भने पारिश्रमिकबापत आएको पैसा कट्टा गर्नु देशकै आम्दानी कट्टा गर्नुभएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);