वीरगंज भन्सारको सुरक्षा व्यवस्थामा कडाई | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

वीरगंज भन्सारको सुरक्षा व्यवस्थामा कडाई

अनुप तिवारी
पर्सा, ४ पुस । पर्सा प्रहरीले बुधवारबाट वीरगंज भन्सारको सुरक्षा व्यवस्थामा कडाई गरेपछि संघीय समाजवादी फोरम समेत विरोधमा उत्रिएको छ । भन्सारमा प्रहरीले गाढीबाट उत्रेर चेकजाँच गराई जाने व्यवस्था लागु गरेपछि संघीय समाजवादी फोरम समेत यसको विरोधमा उत्रिएको हो ।

प्रहरीले भन्सारमा अर्मादित क्रियाकलापका घट्ना वढ्न थालेपछि पुस ४ गतेबाट नाका पार गर्दा अपाङ्ग, अशक्त र वृद्धवृद्धाबाहेक सम्पुर्णलाई सवारीबाट उत्रिएर तोकिएको स्थानसम्म पैदल हिँड्नुपर्ने व्यवस्था लागु गरेपछि समाजिक संजालदेखि स्थानीयले समेत यसको विरोध गरेका हुन् ।

यो नियमको विरोधीहरुले बुधवार केही बेर नाकामा प्रदर्शन समेत गरे । तर, यता सर्वसाधरणले भने गाडीबाट उत्रिएर चेक जाँच गराई आवत जावत गर्ने निर्णय राम्रो भएको प्रतिकृया दिएका छन् ।

स्थानीयहरुका अनुसार भन्सारको यस प्रकृयाबाट खासगरि ओहर–दोहोर गर्ने टेम्पु चालकलाई बढी झंझट व्यहोर्नु परेको छ । प्रहरीले नयाँ व्यवस्था गरेपछि मुख्य नाकामा सवारी साधन तथा पैदल यात्रुहरुको अहिले चाँप बढेको छ । यसले नागरिकलाई केही भन्झट भएपनि भन्सारमा हुने अर्मादित क्रियाकलाप भने घट्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);