भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी

nagarikta_Citizenship-Card

काठमाडौं, ४ पुस । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२  करोड रुपैयाँको कारोबार गरेका थिए ।

तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् ।  कर छलीकै उदेश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ , अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले भने, छानविनमा तानिएमा आफुहरु जोगिने उदेश्य उनीहरुको देखिन्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);