काठमाडौं, ३ पुष । । नेपाली काँग्रेसको महासमिति बैठक चलिरहेको छ । काँग्रेसकै विधानलाई ख्याल गर्ने हो भने महासमिति बैठक हरेक वर्ष बस्नुपर्छ । तर, महासमितिको बैठक बस्नका लागि निकै ठुलो रस्साकस्सी र दवावपछि बैठक बसेको छ । अहिले बसिरहेको बैठकमा राजनीतिक प्रस्ताव, आर्थिक प्रस्ताव र विधान संशोधन मूल मुद्दाको रुपमा रहेको छ । केहि मुख्य कुराहरुमा काँग्रेसले सहमति जुटाईसक्यौ भनेर भनेको छ । अहिले एउटा विषयले महासमितिको हल र बाहिर निकै चर्चा बटुलेको छ । महासमितिका सदस्यहरुले नेपाललाई हिन्दु राज्यनै बनाउनुपर्छ भनेर कुरा उठाईरहेका छन् । र त्यसका लागि हस्ताक्षर संकलनको काम पनि तिब्र गतिमा थालेका छन् । यो प्रस्ताव कुन उदेश्यका साथ अगाडि बढाउन खोजिदै छ ? हस्ताक्षर अभियानको मूल उदेश्य के हो ? महासमिति बैठक पछि नेपाली काँग्रेसको चित्र र चरित्र कस्तो देखिने छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्व सभामुख तथा नेपाली काँग्रेसका नेता तारानाथ रानाभाटसँग गरेको कुराकानी हेर्नुहोस् :
हेरौं अब हिन्दु राज्यमा जान कस्ले रोक्दो रैछ ? : तारानाथ रानाभाट (भिडियो सहित)
ताजा समाचार
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
४ घन्टा अघि