वेलायतको एक शहरमा पुरुषलाई महिनावारी हुनसक्छ भनेर पढाइदै, व्रिङटन परिषदद्वारा अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

वेलायतको एक शहरमा पुरुषलाई महिनावारी हुनसक्छ भनेर पढाइदै, व्रिङटन परिषदद्वारा अनुमोदन

UK

काठमाडौं, ३ पुस । दक्षिणपूर्वी वेलायतको ब्रिङटन एण्ड होभ शहरमा प्रारम्भिक शिक्षा अन्र्तगत ८ वर्षे बालबालिकालाई पुरुषलाई पनि महिनावारी हुन सक्छ भनेर पढाउन सुरु गरिएको छ । महिनावारी सम्बन्धी गलत धारणा कम गराउन शिक्षकहरुलाई दिइएको सो सुझाव ब्रिङ्टन परिषदले अनुमोदन गरेको हो ।

वेलायतको दक्षिणपूर्वमा अबस्थित व्रिङटन एण्ड होभ शहरका स्कूले वालवालिकाहरुलाई महिनावारी सम्वन्धी गलत धारणा कम गर्नका लागि पुरुषलाई पनि महिनावारी हुन सक्छ भनेर पढाउन शुरु गरिएको छ । उक्त शहरका शिक्षकहरुलाई यस्तो शिक्षाका लागि दिइएको सुझाव ब्रिङटन परिषदले समेत अनुमोदन गरिसकेको छ ।

यसरी परिषदले समेत अनुमोदन गरेपछि विद्यालयहरुमा यस्तो शिक्षा दिइने वाटो खुलेको छ । आफूलाई समलिङ्गी पुरुष बताउनेहरुलाई पनि भविष्यमा महिनावारी हुन सक्ने हुँदा यस सम्बन्धि शिक्षामा सबै लिङ्गलाई समावेश गरिनुपर्ने रिपोर्टमा बताइएको हो । साथै परिषदले सबै विद्यालयलाई महिला पुरुष दुवै शौचालयमा महिनावारीको फोहार व्यवस्थापन गर्न पर्याप्त डस्टबिनहरु राख्न पनि निर्देशन दिएको छ ।

साथै समलिङ्गी विद्यार्थीहरुलाई सो समयमा विद्यालयकी नर्सको मद्दत चाहिएमा उक्त सेवा पनि तयार हुनुपर्ने बताएको छ । यसरी विद्यालयमा केटा वा केटी सबैले सँगै बसेर महिनावारीबारे सहजसँग कुरा गर्न वा त्यस विषयमा ज्ञान लिन सक्ने किसिमको वातावरण बनाउनु महत्वपूर्ण रहेको परिषदको भनाइ छ । विद्यार्थीहरुको लैङ्गिक पहिचानबारे संवेदनशीलतालाई समाधान गर्न पनि ब्रिङटनले यस्तो उपाय निकालेको हो ।

साथै, सबै किसिमका विद्यार्थीहरुलाई लक्षित गर्दै लैङ्गिक भिन्नता दर्शाउने किसिमको पहिरन पनि नराख्न विद्यालयहरुलाई निर्देशन दिइएको छ । सबै विद्यार्थीहरुको समर्थनमा तटस्थ युनिफर्म राख्न भनिएको हो । तरपनि शिक्षकशिक्षिकाहरुले यसरी आठ वर्षीया बालबालिकालाई पढाउँदा पुरुषललाई पनि महिनावारी हुन सक्छ भनेर सिकाउनु धेरै असहज हुने भन्दै बेलायती सांसद डेभिडले असन्तुष्टि जनाएका छन ।

त्यो उमेरका बच्चाहरुलाई महिनावारीको जानकारी दिनु पहिले नै जटिल रहँदै आएकामा यो नयाँ प्रणालीले विद्यार्थीहरुलाई थप द्विविधानमा पारिदिने उनको भनाइ रहेको छ । परिषदका प्रवक्ताले सांचार एजेन्सी द सन सँग बोल्दै महिला, पुरुष वा समलिङ्गी सबैले महिनावारीको विषयमा खुलेर कुरा गर्न सक्नुपर्छ ।

यसकारण पनि केटाहरुलाई समेत यो मुद्दामा कुरा गर्न अवसर दिएका बताएका छन । विद्यालय भित्रै वा बाहिर कुनैपनि समय व्यक्तिले महिनावारी हुँदा आवश्यक सामग्री माँग्न संकोच नमानोस् भन्ने आशयले पनि यो अभियान सुरु गरिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);