इटालीमा ठेकेदार जोखिममा नेपालमा मेलम्ची अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इटालीमा ठेकेदार जोखिममा नेपालमा मेलम्ची अन्योलमा

melanchi khanepani

काठमाडौं, २ पुष । तीन दशकको प्रतीक्षापछि खानेपानी आउनै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ ।

निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभन्नाले ठेक्का सम्झौता रद्द गर्न सुचना नोटिस टु टर्मिनेट बुझाएको छ । आयोजनालाई दुई साताअघि नै सुचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ ।

ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योलमा परेको छ ।

आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो । तर, दुई दिनअघि आयोजनास्थलबाट ठेकेदार कम्पनीका सबै प्रतिनिधि काठमाडौं आएका थिए, उनीहरु सोमबार स्वदेश फर्कने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजना पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलम्ची आयोजनालाई दिएको छ ।, आजको नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);