पूर्वराजा ज्ञानेन्द्रलाई पोखरा विमानस्थलमा भव्य स्वागत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

पूर्वराजा ज्ञानेन्द्रलाई पोखरा विमानस्थलमा भव्य स्वागत

gyanedra swagat

सुवास पौडेल
पोखरा, २ पुष । सोमवार पोखरा पुगेका  पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । राजसमर्थकहरुले विमानस्थलमै राजाआउँ देश बचाउँ भन्दै चर्काे नारा जुलुुस लगाएका थिए ।

सोमवार पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । पूर्वरानी कोमल शाहसंगै १ बजे विमानस्थल पुगेका पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको हो ।

पोखरामा पुर्वराजा पुग्नु १ घण्टा अगाडी देखि उनका समर्थकहरुले विमानस्थलमा राष्ट्रिय झण्डा र फुलमाला सहित स्वागतका लागि लामबद्ध रुपमा बसेका थिए । पुर्ब राजा ज्ञानेन्द विमानबाट ओर्लने वित्तिकै विमानस्थल देखी मुस्ताङचोक सम्म पैदल हिँडेर शुभेच्छुकहरुको हातबाट फुल लिदै शुभकामना दिए। उनका समर्थकहरुले राजा आउ देश बचाउ भन्दै चर्काे नारा लगाएका थिए ।

purbarajalai swagat

यता, पूर्वराजाको समर्थकको भिडका कारण पोखरा विमानस्थलमा सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्था मिलाउन हम्मे परेको थियो । पूर्वराज ज्ञानेन्द्रको भ्रमणको कार्यतालिक बारे भने गोप्य राखिएको छ । श्रोतका अनुसार पूर्वराजा दुई सातासम्म पोखरामै बस्ने छन् । केही राजनीतिककर्मीसँग भेटघाट र छलफल पछि अंग्रेजी नयाँ बर्ष मनाएर उनि काठमाडौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकका अनुसार पूर्व राजा ज्ञानेन्द्र निजी भ्रमणका लागि पोखरा आएका हुन् । उनि दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउण्टेन ग्लोरीमा बस्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);