सप्तरीका स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सप्तरीका स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन सुरु

saptari karmachari andolan

सौरभ यादव
सप्तरी, २ पुष । सरकारले कर्मचारी समायोजनका लागि ल्याएको अध्यादेश विभेदकारी रहेको भन्दै सप्तरीका स्थानीय तहका कर्मचारीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । आन्दोनलमा १८ वटै स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारीहरु सहभागी छन् ।

सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन प्रति आपत्ती जनाउँदै सप्तरीका स्थानीय तहका कर्मचारीले आन्दोलन सुरु गरेका छन् । आईतवार बाट शुरु भएको आन्दोलनमा सहभागी कर्मचारीहरुले यो समायोजनले कर्मचारीहरुबीचनै विभेद गरेको भन्दै आपत्ति जनाए । उनीहरुले निजामति कर्मचारी सरह व्यवस्था गर्न समेत सरकार संग माग गरेका छन् ।

कर्मचारीहरुले आफुहरुको माग पुरा नभए निरन्तर आन्दोलन जारी राख्ने समेत बताएका छन् । कर्मचारीहरुको आन्दोलन सुरु गर्न अघि उनीहरुले सप्तरी स्थित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र वुझेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले यो नितिगत विषय भएको र यसलाई सम्बन्धित ठाउँमा पु¥याउने जानकारी दिए ।

यता, स्थानीय तहका कर्मचारी आन्दोलित भएपछि सप्तरीका स्थानीय तहको कार्यालयको काम कारबाही प्रभावित भएको छ । कर्मचारीको आन्दोलनका कारण राजविराज नगरपालिकाको काम समेत प्रभावित भएपछि मेयर शम्भु यादवले प्रदेश सरकार संग समन्वय गर्ने कर्मचारीलाई आश्वसन दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);