देउवा र पौडेलबीच निर्वाचन पद्धतीमा विवाद | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

देउवा र पौडेलबीच निर्वाचन पद्धतीमा विवाद

nepali congress

काठमाडौं, २ पुष । विधान मस्यौदामा सहमति जुटाउन नेपाली कांग्रेसका नेताहरुको प्रयास जारी छ । आइतवार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच ८ पदाधिकारी राख्ने सहमति भएको थियो । तर त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन ।

कांग्रेले मस्यौदामा सहमती जुटाउन सामवार बिहान केन्द्रिय समितिको बैठक बोलाएको थियो । तर सहमती नजुटेपछि बैठक बेलुका बस्नेगरी स्थगित भएको छ ।

आइतवार भएको दुवै पक्षको छलफलमा सभापति, उपसभापति–२, महामन्त्री–२, सहमहामन्त्री–२ र कोषाध्यक्ष राख्ने सहमति जुटेको थियो। संविधानको व्यवस्थाअनुसार सबै पदाधिकारी निर्वाचनबाटै आउनुपर्ने अडान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छ ।

संस्थापन पक्ष उपसभापति, महामन्त्री, सहमहामन्त्री एकरएक र कोषाध्यक्ष सभापतिबाट मनोनयन गर्नुपर्ने अडानमा छ । निर्वाचन पद्धतीका बिषयमा सोमवार सहमती नजुटेपछि बिधान मस्यौदा जारी महासमिति बैठकमा लान ठिलाइ भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);