सांसद योगेश भट्टराई र उमेश श्रेष्ठले किन गरे घरभाडा वापतको रकम फिर्ता ? | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सांसद योगेश भट्टराई र उमेश श्रेष्ठले किन गरे घरभाडा वापतको रकम फिर्ता ?

yogesh

काठमाडौं, १ पुस । सांसदहरु योगेश भट्टराई तथा उमेश श्रेष्ठले संसद सचिवालयले उपलब्ध गराएको घरभाडा वापतको रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।

तत्कालिन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका नेकपाका सांसद योगेश भट्टराईले संसद सचिलालयले सांसदहरुको विवरण फारम भराउँदा नैं आफूले काठमाडौंमा घर भएको जानकारी गराएको भन्दै सचिवालयको अभिलेख व्यवस्थापनमा गरेको कमजोरीका कारण मात्र आफ्नो खातामा घरभाडाावापतको पैसा आएको भन्दै फिर्ता गर्ने घोषण गरेका हुन् ।

उनले आज विज्ञप्ति जारी गरी समाचार लेखेर ध्यानाकर्षण गरिदिएको भन्दै पत्रकारलाई धन्यवाद दिएका छन् । यस्तै कांग्रेसका तर्फबाट निर्वाचित सांसद श्रेष्ठले पनि आफूले काठमाडौंमा घर भएको कुरा फारममा उल्लेख गरेको भन्दै थाहा नैं नपाई आफ्नो खातामा पैसा आएको बताएका छन् ।

उनले विनाशीर्षक खातामा आएको सबै पैसा सामाजिक काममा लगानी गरेको भन्दै अव घरभाडा वापत आएको सबै पैसा फिर्ता गर्ने घोषणा गरे । दुबै सांसदले अभिलेख व्यवस्थापनमा सचेत हुन संसद सचिवालयको ध्यानाकर्षण गराएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);