देवशमशेरले आफ्नी प्रेमिकाको संझनामा बनाएका धाराको संरक्षण भएन | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

देवशमशेरले आफ्नी प्रेमिकाको संझनामा बनाएका धाराको संरक्षण भएन

श्याम गुप्ता

बारा, १ पुस । बारा जिल्लाको सिमरादेखि आमलेखगञ्जसम्म ऐतिहासिक पाँच वटा कलात्मक धाराहरु रहेका छन् । तत्कालित राणा प्रधानमन्त्री देवशम्शेरले आफ्नी प्रेमिकाको संझनामा बनाएका यी धाराहरु संरक्षण र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेका छन् ।

बारा जिल्लाको सिमरा देखि अमलेखगंजसम्ममा यस्ता पाँच वटा कलात्मक धाराहरु देख्न सकिन्छ । राणा प्रधानमन्त्री देव शमशेरले आफ्नी धर्मपत्नी कर्मकुमारीको संझनामा विक्रम संवत १९५२ मा निर्माण गरिएको यी धाराहरु हेर्दा निकै कलात्मक र आकर्षक देखिन्छन् । तर, संरक्षणको अभावले संकटमा पर्दै गईरहेका छन् ।

करीब एक कोशको अर्थात तीन किलोमिटरको दुरीमा निर्माण गरिएको कलात्मक धाराहरु मध्येको केही भागहरु चोरी भईसकेका छन् । अझ, बारा जिल्ला स्थित पथलैया बस्तीको बीचमा रहेको कतिपय धाराको टाउकोनै छैन । भने वरिपरि अतिक्रमण भईसकेको छ ।

यी धाराहरुलाई व्यवस्थापन र संरक्षण गर्न सके पर्यटन प्रवर्द्धन मात्र नभई समाजले ठूलो लाभ हासिल गर्न सकिने यहाँका स्थानीयहरु भनाई छ । यी धारा देव शमशेर सिकार खेल्न गएको बेलामा कर्मकुमारीसँग प्रेम बसे पछि पत्नीको रुपमा राखेको शिलालेखमा उल्लेख छ ।

देव शमशेरले निर्माण गरेका कलात्मक धाराहरु मध्ये पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयको प्रवेशद्वारको अगाडी रहेको धारा र खाने पानी सरसफाई उपभोक्ता समिति सिमरा कार्यालयको हाताको २ वटा धारा तथा पोखरी सुरक्षित छन् ।

अन्य स्थानको भने धाराहरुको पार्ट पूर्जा चोरी भए पनि यी दुई धारा तथा पोखरीको उचित संरक्षण तथा मर्मत सम्भार गरिदै आएको होटल तथा पर्यटन व्यवसायी संघ बाराले जनाएको छ ।

हुनत, यी धाराहरुको निर्माण बारे अनेकन अड्कलबाजी छ । देव शम्शेर सत्ताच्युत भएको बेला यो धारा निर्माण गरेका हुन् वा उहाँले दलित परिवारकोलाई पत्नी स्वीकार गरेका कारण बदनाम गराउन यो निर्माण गरिएको स्पष्ट हुन सकेको छैन । तर, जे सुकै कारणले निर्माण गरिएको भएता पनि अध्ययन र अनुसन्धान संगै यी धारा संरक्षण गर्न सके बारालाई चिनाउन मद्दत पुग्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);