विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

airport

काठमाडौं, २९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ ।

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गायब पारिएका हुन् ।

स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । आजको नागरिकदैनिकमा यो खबर छ ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब ७ करोड २४ लाख रपैयाँ बराबरका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);