काठमाडौं, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढने बताएका छन् । राष्ट्रिय जनता पार्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईरहेका बेला अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
बिहिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको उल्लेख गरे ।
अध्यक्ष दाहालले उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दावी पनि गरे ।