मंगलवारदेखी कम्पनि रजिष्ट्रारको कार्यालयद्धारा इपेमेन्ट सेवा संचालन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

मंगलवारदेखी कम्पनि रजिष्ट्रारको कार्यालयद्धारा इपेमेन्ट सेवा संचालन

E payment

काठमाडौं, २५ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत मंगलबारबाट ईपेमेन्ट सेवा पनि संचालनमा ल्याएको हो । सो सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले इपेमेन्टले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पूर्ण काम कार्वाहीलाई पारदर्शी बनाउने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा मन्त्री यादवले श्रमको सम्मान गर्ने परिपाटीले मात्रै यस्ता सेवालाई प्रभावकारी ढंगले संचालन गर्न सकिने पनि बताए । कार्यक्रममा कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले सेवाग्राहीलाई सहज बनाउन ईपेमेन्ट सेवा संचालन गरिएको बताए ।

हाललाई इपेमेन्ट सेवामार्फत् १ लाखसम्म पेमेन्ट गर्ने व्यवस्था गरिएको छ । चालू आर्थिक वर्ष भित्र सबै आर्थिक कारोबार इपेमेन्टमार्फत् गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयको योजना छ ।