काठमाडौं, २५ मंसिर । सरकारको बारेमा विभिन्न प्रकारका टिप्पणी भईरहेका छन् । मुलत सरकार बनेको नौ महिना भईसकेको छ । यत्तिका महिना बितिसक्दा पनि जुन आशा जनतामा दिएको थियो त्यो पुरा गर्न सरकारले गर्न सकेको छैन भनेर आम मनिसहरुले सरकार सन्चालन गरिरहेको नेकपा भित्र कै केहि नेताहरुले पनि यस माथि प्रश्न उठाईरहेक छन् । कतिपय सन्दर्भमा उनीहरुले प्रशासन यन्त्रलाई दोस दिएका छन्, कतिपय सन्दर्भमा प्रधानमन्त्रीले नै त्यस्तो दृष्टी राख्न नसकेको भनेर तिखो व्यङ्य प्रहार पनि गरिरहेका छन् ।
यो सन्दर्भमा चर्चा गरिरहँदा खेरि सरकारको मुल दायित्व के हो भनेर प्रश्नहरु तेर्सिरहेका छन् । सरकारले सम्वृद्दि बनिसकेको छ भनेर भनेको छ र बुद्दिजिवी, आम मानिसहरुले चाहि सरकारको दायित्व यो सविधानलाई कार्यान्वन गर्नु हो भनिरहेका छन् । सविधानको सन्दर्भमा सम्वृद्दिको सन्दर्भमा सरकारले आफुलाई कत्तिको खरो रुपमा उतार्न सकेको छ त ? सरकार कत्तिको प्रस्तुत भएको छ ? थप चर्चा परिचर्चा गर्नका लागि कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद् डाक्टर विपिन अधिकारीसँग गरेको कुराकानी हेर्नुहोस् :