समायोजन हुने कर्मचारीलाई मुख्यसचिवसम्मै अवसर | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

समायोजन हुने कर्मचारीलाई मुख्यसचिवसम्मै अवसर

karmachari staff

काठमाडौं, २५ मंसिर । प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीले अन्तरसेवा प्रतिस्पर्धामार्फत संघीय निजामति सेवाको मुख्यसचिवसम्म प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

सरकारले मंगलबारदेखि कार्यान्वयनमा ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघीय निजामति सेवाका पदमा पनि वृत्ति विकासको बाटो खुला राखेको हो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको वृत्ति विकासको अवस्था के हुन्छ भन्ने अन्योल भईरहेका बेला त्यस्ता  कर्मचारीलाई प्रतिस्पर्धामार्फत संघीय पदमा पनि बढुवाको अवसर प्रदान गरिएको हो ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।