निर्मलालाई न्याय माग्दा दुई दर्जन मानवअधिकारकर्मी पक्राउ (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

निर्मलालाई न्याय माग्दा दुई दर्जन मानवअधिकारकर्मी पक्राउ (फोटोफिचर)

nirmala-pant-pakaru4

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिरहेका दुई दर्जनबढि मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशनमा निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका २ दर्जनबढि मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । प्रर्दशनका क्रममा मानव अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);