देशभरका विश्वविद्यालयमा छात्रभन्दा छात्रा बढी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

देशभरका विश्वविद्यालयमा छात्रभन्दा छात्रा बढी

chatra badhi

काठमाडौं, २२ मंसिर । नेपाली युवा बिदेसिने दर बढ्दो छ । १२ कक्षासम्मको अध्ययनपछि अधिकांश युवा थप अध्ययन या रोजगारीका लागि विदेश पस्ने लहरै चलेको छ । कोही अध्ययनलाई बिट मार्दै रोजगारीका लागि खाडी मुलुकतिर भासिने गरेका छन् । कोही अध्ययनसँगै रोजगारी मिल्ने आसमा युरोप, अमेरिकातिर होमिने गरेका छन् । यो लहरमा छात्र अत्यधिक छन् भने तुलनात्मक रूपमा छात्रा निकै कम । यसको प्रतिबिम्ब देशका विश्वविद्यालयमा पनि देखिएको छ । देशभित्रै उच्च शिक्षा अध्ययन गर्ने छात्रभन्दा छात्राको संख्या बढी देखिएको छ ।

५३ प्रतिशत छात्रा

विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्यांकअनुसार देशभरका विश्वविद्यालयमा छात्रभन्दा छात्राको संख्या धेरै छ । कुल विद्यार्थी संख्याको ५३ प्रतिशत छात्रा छन् । ३ लाख ७१ हजार १ सय ८४ विद्यार्थीमा १ लाख ९५ हजार १ सय ३३ छात्रा रहेको आयोगको तथ्यांक छ ।

देशभरमा ११ विश्वविद्यालय सञ्चालनमा छन् । त्यस्तै, ६ मानित विश्वविद्यालयसरहका प्रतिष्ठान सञ्चालनमा छन् । दुई विश्वविद्यालय र तीन प्रतिष्ठानमा पढाइ सुचारु भएको छैन । गत वर्ष स्थापना भएको राजर्षि जनक विश्वविद्यालयमा पठनपाठन सुरु भएको छैन । नेपाल खुला विश्वविद्यालयले केही समयअघि मात्रै भर्ना प्रक्रिया सुरु गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पढाइ सुरु भएको छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी अभावमा अध्ययन भएको छैन ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);