डोटीको छतिवन ताल संरक्षणको पर्खाइमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

डोटीको छतिवन ताल संरक्षणको पर्खाइमा

श्रवण देउवा

कैलाली, २१ मंसिर । डोटीको जोरायल गाउँगालिका–२ मा रहेको छतिवन ताल संरक्षणको पर्खाइमा रहेको छ । ऐतिहासिक महत्व बोकेको तालको प्रचार प्रसार नहँुदा छतिवन ताल ओझेलमा परेको हो ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा अवस्थित यो ताल ऐतिहासक र धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । वर्षको एक पटक यहाँ कफलकट्टे देवताको पुजा आजा समेत गरिन्छ ।

यो तालको गहिराई कति छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । छतिवन तालमा माछा मार्ने काम स्थानीयले गर्दै आएका छन् । पर्यटकीय सम्भावना बोकेको तालको संरक्षण हुन नसक्दा पर्यटक भित्राउन सकिएको छैन ।

तालसम्म पुग्ने कच्ची बाटो निर्माण गरिएको भएपनि अन्य संरचना र पुर्वाधार छैन । आवश्यक पुर्वाधार तयार गरी पर्यटकलाई तालसम्म पुराउन सकेमा स्थानीय वासिन्दाको आर्थिक स्तर पनि माथि उठ्ने आशा स्थानीयको छ ।

स्थानीय बुढा पाकाका अनुसार यो ताल भएको क्षेत्रमा पहिले खेतीयोग्य जमिन थियो । तालको सिरानीमा एउटा न्वालो रहेको थियो जो अहिले पनि देख्न सकिन्छ । त्यस न्वालोको नाम पुतली न्वालो हो । न्वालोकै पानीबाट खेतमा रोपाई हुने ग¥र्थाे । किमदन्ती अनुसार एक महिलाले सपना देखे अनुसार त्यहाँ रोपाई नगर्न भनिएकोमा घरका मान्छेले नमान्दा रोपाई भएकै वेला त्यहाँ रहेका रोपारुको मृत्यु भएको स्थानीहरुको भनाई छ ।

ताल रहेको क्षेत्रबाट करिव ३ किलोमिटरको दुरीमा एउटा झर्ना छ । यो झर्ना प्रकृतिक रुपमा निकै नै सुन्दर देखिन्छ । झर्नाको नाम पनि खासै सुन्न पाईदैन । झर्नामा भगवान कृष्णले नुहाएको भन्ने स्थानीयहरु बताउँछन् ।

जोरायल क्षेत्रमा रहेको यो ताल र झर्नाको मात्र विकास गर्न सके पर्यटकलाई तान्न सकिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा बताउँछन् ।

मध्य पहाडी क्षेत्रमा रहेको एतिहासिक महत्व बोकेको छतिवन तालको संरक्षण गर्न सकेको खण्डमा सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने सरोकारवालाहरु बताउँछन् । अन्य ताल संरक्षणमा लागे जस्तै, यस तालको पनि संरक्षण गर्न सके स्थानीयको जीवन स्तरमा पनि टेवा पुग्ने उनीहरुको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);