काठमाडौं, २१ मंसिर । सरकार अहिले तिब्र विवादमा देखिएको छ । स्वयम, नेपाल कम्युनिष्ट पार्टी भित्रकै नेताहरुले सरकारको र सरकारले गरेको कामको बारेमा धेरै प्रस्न उठाईदिएपछि सरकार अहिले रक्षात्मक अवस्थामा पुगेको छ । तर, प्रधानमन्त्री ओलीले आक्रोशित भएर एसिया प्यासिफिक समिट सकिएपछि आफ्नो भनाइ राखेका छन् र जसले सरकारको विरुद्ध बोलेका छन्, ति बौद्धिक र बुद्धिजीवी मानिसहरु माथि पनि प्रस्न उठाईदिएका छन् । प्रधानमन्त्रीको भनाई शब्द सापटी लिने हो भने उनले ‘ति बौद्धिकहरुको पनि असलीयत मलाई थाहा छ, के सार्बजनिक गरिदिनु पर्यो ? भनेर बोलेको अवस्था छ । यो भनाई, प्रधानमन्त्री आफै संलग्न भएर गरेको सम्मेलन विवादमा परेपछिको आक्रोश हो वा बुद्धिजीवीहरुलाई पनि अब चुप लाग् भन्ने संदेश हो भन्ने बहसको विषय बनेको छ ? संगै नेकपा भित्रकै नेताहरुले सरकारको बारेमा टिप्पणी गर्नु पर्ने ठाँउमा किन पुगे त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक भारत दाहालसँग गरेको कुराकानी हेर्नुहोस् :
इशाईकरणमा केपी–माधवलाई फसाएर प्रचण्ड उम्किए, अव सरकार ढल्छ : भरत दाहाल (भिडियो सहित)
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
२३ घन्टा अघि