जगतगूरु कृपालु परिषदका अध्यक्षहरु स्वदेश प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

जगतगूरु कृपालु परिषदका अध्यक्षहरु स्वदेश प्रस्थान

jkp nepal

काठमाडौं, २० मंसिर । नेपालमा निर्माण हुन लागेको राधाकृष्ण मन्दिरको भूमि पूजनमा आएका जगतगुरु कृपालु परिषद भारतका अध्यक्षहरु बिहिबार स्वदेश प्रस्थान गरेका छन् ।

जगतगुरु कृपालु प्रतिष्ठान नेपालले काठमाडौको नागार्जून नगरपालीकामा निर्माण गर्न लागेको ऐतिहासिक कलात्मक राधाकृष्ण मन्दिरको भूमि पुजनमा सहभागी हुन आएका जगतगुरु कृपालु परिषद, भारतका अध्यक्ष सुश्री डा. विषाखा त्रिपाठी, सुश्री डा.श्यामा त्रिपाठी र सुश्री डा. कृष्णा त्रिपाठी बिहिबार स्वदेश फर्केका हुन् ।

जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष राजु प्रसाद कँडेलले उनीहरुलाई विदाई गरेका थिए ।

जगतगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको राधाकृष्ण मन्दिरको गत सोमबार धुमधामका साथ भुमी पूजन गरीएको थियो भने मंगलबार कार्याबाहाक राष्ट्रपती नन्द बहादुर पुनले ताम्रपत्र अनावरण गरेका थिए ।

६ अर्वको लगानीमा नेपालमै पहिलो पटक रड र सिमेन्ट रहित ईटालियन मार्वल बाट निर्माण गरीने सो मन्दिर परिसर भित्र गोवद्र्धन, वृन्दावन, अस्पताल, योगकेन्द्र तथा ठुला होटलसमेत रहने जगत गुरु कृपालु प्रतिष्ठान नेपालले जनाएको छ ।