प्रस्तावित राजदूतको सुनुवाई २३ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रस्तावित राजदूतको सुनुवाई २३ गते

samsadh

काठमाडौं, १९ मंसिर । भारतसहित चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुलाई सुनुवाईका लागि बोलाएको । त्यसअघि २१ गते उजुरीकर्ताहरुलाई बोलाइएको छ ।

सरकारले भारतका लागि राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराप पाण्डे, यूएई कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको छ ।

संघीय संसद संसदीय सुनुवाई समितिले उजुरी आव्हान गरेकोमा एक मात्र उजुरी परेको छ ।

उजुरी सतिसराज मैनालीले गरेका हुन् । तर, मैनालीको उजुरी कुनै ब्यक्ति उपर आक्षेपमा केन्द्रित नभइ राजदूत नियु्क्तिको समग्र विषयमा केन्द्रित रहेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘राजदूत नियुक्तिका लागि एउटा सुझावमा रुपमा एक मात्र उजुरी प्राप्त भएको छ ।

उजुरीकर्ता मैनालीले राजदूतहरुको उमेर ग्याप धेरै भएको र त्यो हुन नहुने, दलीय भागवण्डाको प्रवृति अन्त्य हुनुपर्ने, परराष्ट्रको चेन अफ कमाण्डमा रहनुपर्ने, पदावधि निश्चित हुनुपर्ने लगायतका विषयमा सुझाव दिएका जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);