काठमाडौँ, ११ भदौ । यू १५ च्याम्पियन सिप अन्तगर्त भएको फाइनल खेलमा नेपाललाई २ १ ले पराजित गर्दै भारतले उपाधि उचालेको छ ।
खेलको ४१औँ मिनेटमा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै पाएको अग्रतालाई नेपालले खेलको अन्तिमसम्म कायम गर्न नसक्दा हार बेहोर्न परेको हो । ब्रिजेश चौधरीले नेपाललाई पहिलो गोल दिलाएका थिए ।
उत्साहजनक खेल प्रदर्शन गर्ने मनोबलले उत्रिएको नेपालले निकै गोल गर्ने अवसर गुमाएको थियो । पहिलो हाफ कै दोस्रो मिनेटमा दर्शन गुरुङको फ्रि किकलाई गोलमा परिणत गर्ने रन्दिप पौडेलको प्रयास असफल रह्यो । सुरु देखि नै आक्रमक देखिएका दर्शनले खेलको ७औँ र २४ औँ मिनेटमा गोल गर्ने मौका गुमाएका थिए ।
यता आक्रमक शैली पक्षाएको भारतले पहिलो हाफको नवौँ, १४ औँ र २१ औँ मिनेटमा गोल गर्ने मौका गुमाएको थियो । पहिलो हाफको २१ औँ मिनेटमा भारतले नेपालसँग बराबरी गर्ने सुन्दर अवसर गुमाएको थियो ।
तर दोस्रो हाफको ५९औँ मिनेटमा भारतका लागि लालरोकिमाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । यसका साथै ७५औँ मिनेटमा प्रताप सिंहका गोलसँगै भारतले जित हात पारेको हो ।
खेल सातदोबाटोको एन्फा कम्लेक्सको मैदानमा भएको थियो ।