भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

barca vs villreal\

एजेन्सी , १७ मंसिर । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । गएराती भएको खेलमा भिल्लारियललाई २–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोना शीर्ष स्थानमा फर्काउनका लागि डिपोर्टिभो एलभेसको भुमिका पनि महत्वपूर्ण रह्यो । एलभेसले यसअघि शीर्ष स्थानमा रहेको सेभियालाई बराबरीमा रोकेपछि बार्सिलोनाले एक अंकको अग्रता बनाएको हो ।

क्याम्प नोउमा भएको खेलको १३औं मिनेटमा भिल्लारियलको स्योर सट गोल पोलमा लागेर फर्किएको थियो । ३६औं मिनेटमा बार्सिलोनाले अग्रता लियो । ओशुमान डेम्बेलेको क्रशलाई हेड गर्दै जेरार्ड पिकेले गोल गरे ।

खेलमा बार्सिलोनाले सातवटा प्रहार भिल्लारियलको पोस्टमा गरेको थियो । तर दोस्रो गोल ८७औं मिनेटमा मात्र सम्भव भयो । बार्सिलोना बी टिमबाट आएका कार्लेस एलेनाले वन भर्सेस वनको स्थितीमा गोलकिपरलाई विट गर्दै गोल गरेका थिए ।

सेभिया डिपोर्टिभो एलभेससँग बराबरीमा रोकिएपछि बार्सिलोना शीर्ष स्थानमा उक्लयो । बार्सिलोनाको २८ अंक छ । बराबरीपछि सेभियाले १ अंक थप्दै २७ अंक बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);