प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’

pm office nepal

काठमाडौं, १७ मंसिर । अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ। विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधै प्रधामन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको हो।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोदबहादुर कुँवरका अनुसार वार रुम तयार भएपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग पनि ‘टेलिप्रिजेन्ट’ मार्फत संवाद गर्न सक्नेछन्। त्यस्तै विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा अन्य सानाठूला समस्या तत्काल समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले वार रुमको व्यवस्था गर्न लागिएको हो। उनका अनुसार वार रुम तयार पार्न तीनवटा कम्पनीसँग प्रस्ताव मागिएको छ।

‘राष्ट्रिय प्राथमिकतामा रहेका आयोजनाको ‘टेलिप्रिजेन्ट’ मार्फत अनुगमन गरी त्यहाँ देखिएका समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालयका मन्त्री र सचिवसँग वार रुमबाट समन्वय गर्ने योजना छ’, प्रवक्ता कुँवरले भने।

के हो ‘वार रुम’
वार रुम खासगरी सेनाले युद्धका समयमा बढी प्रयोग गर्छ। यसका लागि सैनिक मुख्यालयमा एक कोठा हुन्छ, जहाँ नक्सामै युद्धरत क्षेत्र र सैनिकको तत्कालको स्थिति देखाउने उपकरण जडान गरिएको हुन्छ। युद्धका बेला यो रुममा बसेर सेनाका अधिकारीले आवश्यक रणनीति पनि बनाउँछन्। दोस्रो विश्वयुद्धमा शक्तिशाली राष्ट्रहरूले प्रयोग गरेको वार रुमलाई समय क्रमसँगै सरकारी र निजी क्षेत्रले पनि अभ्यासमा ल्याएका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);