स्पेनिस ला लिगा: रियल मड्रिडको जित | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

स्पेनिस ला लिगा: रियल मड्रिडको जित

laligaa

काठमाडौं, १६ मंसिर । स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ । भ्यालेन्सियालाई २–० ले हराउँदै रियल पाँचौं स्थानमा उक्लिएको हो ।

सान्टियागो बर्नाबाउमा भएको खेलको शुरुवातमै रियलले आत्मघाती गोलबाट अग्रता लिएको हो । आठौं मिनेटमा डेनियल कार्भाहलको प्रहार क्लीयर गर्न खोज्दा डेनियल वासले आफ्नो पोस्टमा हेडर गोल गरेका थिए ।

२८औं मिनेटमा ग्यारेथ बेलको क्लोज रेन्ज सट भ्यालेनिसयाका गोलकिपर नेटोले विफल बनाइदिएपछि रियल पहिलो हाफमा एक गोलको अग्रतामै सीमित बन्यो । दोस्रो हाफमा घरेलु टिमलाई दबाब दिन सफल भ्यालेन्सियाका सान्टी मिनाले ५४ मिनेटमा वन भर्सेस वनको अवस्थामा गोलकिपर थिवाबट कार्ट्वालाई विट गर्न सकेनन् ।laligaa

७८औं मिनेटमा मार्को एसेन्सियोको सशक्त प्रहार भ्यालेन्सियाका डिफेन्डरले बचाए । त्यसको लगत्तै भ्यालेन्सियाका मिची बात्आईको प्रहार कोर्ट्वाले विफल बनाइदिए । तर ८३औं मिनेटमा रियलले गोल गर्यो । डि एरियाभित्र करिम बेन्जेमाले पास दिएको बललाई लुकास भाज्क्वेजले गोलमा परिणत गरे ।

जितसँगै रियल १४ खेलबाट २३ अंक बटुल्दै पाँचौं स्थानमा उक्लिएको छ भने भ्यालेन्सिया समान खेलबाट १७ अंक बनाउँदै १३औं स्थानमा छ ।laligaa

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);