तीन मेजरसहित ११२ सैनिक बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन मेजरसहित ११२ सैनिक बर्खास्त

nepal-army

काठमाडौं, १४ मंसिर । नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने  ३ जना मेजर सेनानी सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ ।

पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका ३ मेजर र ८ अन्य दर्जा सहित १ सय १२ जना सैनिक बिहीबार बर्खास्त भएका हुन् ।

एक उपरथीका अनुसार नेपाली सेनाको ईतिहासमा एकैपटक यति धेरै सैनिक अधिकृत तथा जवान बर्खास्त भएको यो पहिलोपटक हो ।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले पैसा बुझाएर भर्ना भएका १०१ जना सिपाही र भनौ छनौटका क्रममा रकम असुल्ने ३ मजेरसहित ११ सैनिकलाई बर्खास्त गरिएको जानकारी दिए ।, आजको कारोबार दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);