भूमिहिन नागरिकले अब आवास पाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

भूमिहिन नागरिकले अब आवास पाउने

काठमाडौं, १३ मंसिर । भूमिहिन नागरिकले पनि अब आवास पाउने भएका छन् । सहरी विकास मन्त्रालयले भूमिहिन नागरिकलाई पनि आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहिनहरुले पनि जग्गा र आवास दुवै पाउने भएका हुन।

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहिन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिए । कार्यविधि बनेसँगै भूमिहिनहरुले आवास नपाउने अवस्था अव नरहेको मन्त्री राईको दावी छ ।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले जनता आवास कार्यक्रमले अव गति लिने बताए । मन्त्री राईले जनता आवास कार्यक्रममा अनियमितता गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी दिए ।

बैठकमा समितिका सदस्यहरुले जनता आवास कार्यक्रममा भ्रष्टाचार हुने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । मन्त्री राईले त्यसको जवाफ दिँदै भ्रष्टाचार गरेको पाईए दोषीमाथि कडा कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

बैठकमा समितिका सदस्यहरुले भूमिहिन नागरिकहरुलाई उच्च प्राथमिकता दिएर जनता आवास काईक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले भूहिहिनलाई उच्च प्राथमिकता दिएर जनता आवास कार्यक्रमलाई अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले तराईमा दलित जातिहरु जमिनको अभावमा जनता आवास कार्यक्रमबाट बञ्चित हुनुपरेको भन्दै सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत बस्ती विकास कार्यक्रमलाई व्यापक छलफल गरेर अघि बढाउन सरकारसँग आग्रह गरे । उनले सहरी बस्ती विकास कार्यक्रमलाई अघि बढाउन ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्यहरुले सहरी विकास योजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);