काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टीबाट बनेको सरकारले नौ महिना पुरा गरेको छ ।नौ महिना पुरा गरिसके पछि सरकारले यस विचमा कति काम गर्यो भनेर उसका विभिन्न आयामहरुको बारेमा वहस हुन थालेको छ । सरकारले विकासका लागि जम्मा जम्मी ८% मात्र खर्च गरेको छ। सामान्य तर्फ खर्च २५% को रहेको छ । विकास, बजेट र खर्च खासै हुन सकेको छैन ।
सम्वृद्धी अब सरकारको एक मात्र लक्ष्य भन्ने रहेको छ । सरकारले सम्वृद्धी भनिरहदा खेरी त्यस छिमेकीसँग को सम्बन्ध सुमधुर गर्यौ भनेर दावी गरिरहेको छ । भारत र चिन सँगको सम्बन्ध उचाईमा पुगेको निकै नै लामो वर्णन गरेर बताउने गरेको छ । यसो भनी रहदा खेरी नेपाल र भारत दोपक्षिय सम्बन्ध र नेपाल, भारत र चीन त्रीपक्षिय सम्बन्ध कति सुमधुर भएको छ त ? यसरी सरकारको विभिन्न कोणबाट वहस गर्नका लागि कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ट पत्रकार ध्रुव हरि अधिकारी सँग गरेको कुराकानी हेर्नुहोस् :