गाडी किन्ने रकम अस्पताललाई दिने मेयर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गाडी किन्ने रकम अस्पताललाई दिने मेयर

mahadev bajgain

काठमाडौं, ११ मंसिर । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि चर्चामा आएका छन् ।

बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आईरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन् ।

तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन् ।

उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन् ।

मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद् को निर्णय परिवर्तन गरेको हो । नगरसभाले कार्यापालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);