निर्मलाका बाबु यज्ञप्रसादलाई आइसीयु कक्षमा राखेर उपचार गरिँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

निर्मलाका बाबु यज्ञप्रसादलाई आइसीयु कक्षमा राखेर उपचार गरिँदै

सीता शर्मा
काठमाडौं, १० मंसिर । बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका बुवा यज्ञप्रसाद पन्तको स्वास्थ्यमा समस्या देखिएपछी अहिले त्रिवी शिक्षण अस्पताल महाराजगंजमा राखेर उपचार भइ रहेको छ । अहिले उनलाई शिक्षण अस्पतालको आइसीयु कक्षमा राखेर उपचार गरिएको छ ।

छोरीको हत्यारालाई कारबाहिको माग गरी कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका बाबु यज्ञप्रसाद पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछी उपचारका लागि काठमाडाैं ल्याइएको हो ।

४ महिना वितिसक्दा पनि छोरीका हत्यारालाई सरकारले कारबाहि गर्न नसकेपछी निर्मलाका बाबुआमा कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका थिए । तर धर्ना बसेको ८ दिन पछी बाबु यज्ञप्रसाद पन्तको मानसीक स्वास्थ्यमा समस्या देखिएको परिवार श्रोत जनाएको छ ।

धर्नामा बसेका बेला आफै बोलिरहने, बर्बराईरहने, गाली गलौज गर्न थालेपछी उनलाई उपचार गनुपर्ने चिकित्सकहरुले सुझाव दिएपछी थप उपचारका लागि शनिबार बेलुका काठमाडाैं ल्याइएको थियो ।

छोरीको हत्यारालाई सरकारले पक्राउ गर्न नसकेपछी तनाबका कारण यज्ञप्रसाद पन्तको स्वास्थ्य विग्रन गएको निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले बताइन् ।

छोरीको हत्यारालाई अहिलेसम्म पनि कारबाहि हुन नसकीरहेको अवस्थामा फेरी बाबुको स्वास्थ्य अवस्था विग्रदा आफुलाई निकै अप्ठारो भइरहेको आमा दुर्गादेवि पन्तको भनाई छ । न्याय दिन नसकेको सरकारले श्रीमानकोे उपचार खर्च व्यहोर्नु पर्ने पन्तले माग गरिन् ।

छोरीको हत्यारालाई कारबाहिको माग गदै निर्मलाका बाबु आमा, घरपरीवार आफन्त ,स्थानीय तथा अधिकारकर्मिहरु आन्दोलनमा छन्, हत्या भएको चार महिना पुरा हुँदा समेत निर्मलाका हत्यारा पत्ता लाग्न सकेका छैन्न् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);