पुस २ गतेसम्म माग पुरा नभए पुनः आमरण अनसन बस्ने डा. केसीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

पुस २ गतेसम्म माग पुरा नभए पुनः आमरण अनसन बस्ने डा. केसीको चेतावनी

govinda kc

काठमाडौं, १० मंसिर । वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूसँग गरेको सम्झौता पुस २ गतेसम्म पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले गत साउन १० गते सरकारसँग भएको सम्झौता पुस २ गतेसम्म पूरा नभए पुनः आमरण अनसनमा बस्ने चेतावनी समेत दिएका हुन् ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काममा ढिलाई नगर्न पनि सरकारलाई वरिष्ठ चिकित्सक केसीले सचेत गराएका छन् । १५ औं आमरण अनसनका क्रममा गरिएको सहमति अझै पालना नभएकोमा उनले आपत्ति जनाउँदै भने सम्झौता बमोजिम संघीय संसदबाट अबिलम्ब राष्ट्रिय चिकित्सा ऐन पारित गरियोस्

वरिष्ठ चिकित्सक केसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन तथा सो हत्याको प्रमाण नष्ट गर्नेहरुमाथि कडा कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले सरकारको निर्णय विपरित काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कार्वाही गर्न पनि सरकारसँग माग गरे ।

वरिष्ठ चिकित्सक केसीले राष्ट्रपतिलाई बिलासिताको सवारी साधन उपलब्ध गराउने काममा सरकार लागि परेको भन्दै आपत्ति समेत प्रकट गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);