सहकारीको मोडेलबाट अघि बढ्न प्रदेश र स्थानीय तहलाई अर्थमन्त्री खतिवडाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

सहकारीको मोडेलबाट अघि बढ्न प्रदेश र स्थानीय तहलाई अर्थमन्त्री खतिवडाको आग्रह

yuvraj khatiwada

काठमाडौं, ७ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सहकारीको मोडलबाट अघि बढन प्रदेश र स्थानीय तहलाई आह्वान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले न्यायपूर्ण समाज निर्माणका लागि सहकारीको बाटो सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै सोही बाटोबाट अघि बढन प्रदेश र स्थानीय तहलाई आग्रह गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सहकारीको बाटोबाट जमिनलाई उपयोग गरेर आधुनिक कृषि खेती र कृषि प्रणालीलाई अघि बढाउन आवश्यक पूँजी र प्रविधि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउन सरकार तयार रहेकोे बताए । अर्थमन्त्री खतिवडाले प्राकृतिक स्रोतको परिचालन र त्यसबाट हुने उत्पादनको वितरण समन्यायिक हुनुपर्नेमा जोड दिए ।

उनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उनले मुलुकको विकासको मोडल सरकार, सहकारी र निजी क्षेत्रबीचको सहकार्यमा आधारित रहेको पनि स्मरण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);