भक्तपुरमा देशकै सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी शूरु | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

भक्तपुरमा देशकै सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी शूरु

RAGHUBIR

काठमाडौं, ७ मंसिर । देशकै सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी भक्तपुरमा शूरु भएको छ ।

भारतीय उद्योग परिसंघ मुख्य प्रयोजक रहेको ‘सिआईआई कन्म्याक २०१८’ नाम दिइएको निर्माण उपकरणसम्बन्धि प्रर्दशनीको बिहिबार भक्तपुरको सल्लाघारी मैदानमा शूरु भएको हो ।

मेलाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धिका लागि पूर्वाधार विकासमा जोड दिएको बताए । उनले मुलुकलाई समृद्ध बनाउने सपनालाई साकार पार्न वर्तमानसरकार विकास, निर्माणको कामलाई अघि बढाउन कटिवद्ध रहेको पनि स्पष्ट पारे । मन्त्री महासेठले नेपालको समृद्धिका लागि भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई सरकारले सुमधुर बनाएको उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले नेपाललाई समृद्ध बनाउन भारत जस्तोसुकै सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताएका छन् । उनले भारतीय निर्माण कम्पनीसँगको सहकार्यबाट नेपालले निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सक्ने उललेख गरे ।

नेपालस्थित भारतीय दुतावासको सहकार्यमा आयोजना गरिएको सो निर्माणसम्बन्धि प्रर्दशनीबाट नेपालमा अभाव हुने निर्माण सामग्री सहज रुपमा पूर्ति हुने गर्न वातावरण तय हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);