काठमाडौंमा ‘बिल्डिङ एन्ड कन्सट्रक्सन एक्स्पो’ सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

काठमाडौंमा ‘बिल्डिङ एन्ड कन्सट्रक्सन एक्स्पो’ सुरु

काठमाडौं, ६ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा ‘बिल्डिङ एन्ड कन्सट्रक्सन एक्स्पो’ सुरु भएको छ । भूकम्प प्रतिरोधी भवन निर्माणका लागि जनचेतना जगाउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको हो ।

बिहीबारबाट सुरु भएको सो एक्स्पो ५ दिनसम्म चल्नेछ । सुरक्षित र दिगो भवन निर्माणका लागि आवश्यक सम्पूर्ण प्रविधिबारे जानकारी दिने मूल उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्सका निवर्तमान अध्यक्ष विरेन्द्रराज पाण्डेले जानकारी दिए ।

६० भन्दा बढि स्टल रहेको एक्स्पोमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पनि राखिएको छ ।

एक्स्पोमा २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेपछि नेपालमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि भवन निर्माण सम्बन्धि एक्स्पो आयोजना गर्न सुरु गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);