दिल्लीमा बेचिएकी चेलीको ग्राहकले गरे उद्धार | ईमाउण्टेन समाचार

Our Network

माघ ७ २०८१, सोमबार

दोलखा, ११ भदौ । वैवाहिक घरजम गरेर सुन्दर भविष्य बनाउने सपनाको प्रलोभनमा परी दुई वर्षअघि गाउँकै भाउजुले चिनाइदिएको युवकसँग भाग्दा भारतको नयाँ दिल्लीस्थित एक कोठीमा बेचिएकी युवती नेपाल फर्किन सफल भएकी छिन्।

 

दिल्लीमा आफ्नी दिदीसँग मिलेर व्यापार गरिरहेको र उतै घरजम गर्ने भनी युवासँग नेपालगञ्ज हुँदै दिल्ली पु-याइएकी ती किशोरीलार्य दिल्ली पुगेको अर्कोदिन त्यहीँ छाडेर युवक बेपत्ता भएका थिए।

 

बाबुआमाले स्कुल पढ्दापढ्दै विवाह गरिदिएपछि माइतै बसेर पडिरहेकी उनले माइतीमै एसएलसी गरेकी थिइन्। सोहीबेला उनी नाताले भाउजु पर्ने गाउँकै सिता नेपालीसँग सम्पर्कमा आइन्। सोहीक्रममा सितामार्फत नजिकिएका निरकुमार नेपालीले किशोरीलाई ललाईफकाई बिहे गर्ने बहानामा दिल्ली पु-याएका थिए।

 

दिल्लीमा निरकुमारले उनलाई एक लाख ३५ हजार रुपैयाँमा बेचेका थिए । जबर्जस्ती वेश्यावृत्ति गर्न बाध्य रहेकी उनले नियमित ग्राहक बनेर आएका एक भारतीय युवकमार्फत घरका अभिभावकलाई सम्पर्क गरी आफू दिल्लीको वेश्यालयमा पुगेको जानकारी दिएकी थिइन्।
आफूसँग नजिकिएका युवक दिन प्रतिदिन नजिकिँदै गएपछि उनी ती युवकको सहयोगमा वेश्यालयबाट निस्कन सफल भएकी थिइन्। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);