कांग्रेस लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

कांग्रेस लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा

deuba

काठमाडौं, ५ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् । सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको बताए ।

नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको भेटवार्तामा कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएको भेटमा सहभागी काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा काँग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेको थियो ।

सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दुतावास खोल्न पनि आग्रह गरेका छन् । सभापतिले दुतावास पुनः खोल्न पनि डेनिस सांसदहरुसँग आग्रह गरेको सहमहामन्त्री महतले बताए ।

त्यसैगरी सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

डेनिस सांसदहरुसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला सहितका काँग्रेस नेताहरु सहभागी थिए । भेटमा दुई देशबीचको सम्बन्ध र पार्टीहरुबीचको सम्बन्धका विषयमा पनि छलफल भएको नेपाली काँग्रेसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);