काठमाडौं, ५ मंसिर । दक्षिण एसियाका कृषि बैज्ञानिकहरुको सम्मेलन काठमाडौमा सुरु भएको छ ।
कृषि र वातावरणमा प्रभाव पार्नै शत्रुजिव किराको नियन्त्रणको उपाय पत्ता लगाउन दक्षिण एसियाका कृषि बैज्ञानिकहरुको सम्मेलन काठमाडौमा सुरु भएको हो ।
गत वर्ष मात्र अफ्रिका फैलिएको शत्रुजिव किरा भारत सम्म आईपुगेको र त्यस्ता किराको नियन्त्रण गर्न र बाहिर फैलन नदिन सम्मेलनको आयोजना गरीएको बताइएको छ ।
नेपाल भारत लगायत ९ राष्ट्र सम्मिलित सम्मेलन मंसिर ५ र ६ गते दुई दिन संचालन हुने कृषि मन्त्रालयले जनाएको छ ।