काठमाडौं, ५ मंसिर । मुलुकमा महँगी र भ्रष्टाचार बढ्दा, शान्ति सुरक्षाको स्थिति कमजोर हुँदा, महिला हिंसा तथा बलात्कारका घटना बढ्दा र जनता सूचनाको हकबाट वञ्चित हुँदा लगायतका काम भएका बेला सरकारलाई झकझक्याउने काम प्रतिपक्षको हो । सरकारले बाटो बिराउँदा यस्ता विषयमा प्रतिपक्षसँग जनताले आशासमेत राख्ने गरेका छन् ।
तर, संसदीय दलको विधानमा नै छाया सरकारको प्रावधान राखेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्ला दिनमा सरकारका कामको मोनिटरिङ गर्न नसकेर झन् कमजोर प्रतिपक्ष बन्दै गएको छ ।
आन्तरिक किचलोमा समेत व्यापक रूपमा बेरिएको कांग्रेस सरकारको मोनिटरिङमा समेत पछिल्ला दिनमा कमजोर बन्दै गएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिपक्षी भूमिकामा रहेको कांग्रेसले सरकारका गतिविधिलाई सही रूपमा मोनिटरिङ गर्न नसकेको स्विकार्छन् ।
यो खबर आजको राजधानी दैनिकमा छ ।