प्रधानमन्त्री देउवाको भारत भ्रमण राष्ट्रहितको पक्षमा : वाणिज्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

प्रधानमन्त्री देउवाको भारत भ्रमण राष्ट्रहितको पक्षमा : वाणिज्यमन्त्री

काठमाडौं, १० भदौ । वाणिज्यमन्त्री मिन बहादुर विश्वकर्माले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण राष्ट्रहित अनुकुल भएको बताएका छन् ।

 

रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार बोल्दै मन्त्री विश्वकर्माले प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक, कुटनीतिक, पारस्परिक सम्बन्ध सबै दृष्टिकोणबाट उपलब्धिमुलक रहेको बताए ।

 

उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दुई देशबीचको व्यापारिक नाका विस्तार, सहजिकरण तथा तेश्रो मुलुकबीच हुने व्यापारका बारेमा पनि उपलब्धीमुलुक सहमति तथा सम्झौता भएको बताए ।

 

उनले सर्वाधिक चासोको विषय बनेको बाढी र डुबान समस्याको दीर्घकालिन सम्बोधनका लागि दुई देशका विशेषज्ञ सहितको सचिव स्तरीय कार्यदल १५ दिन भित्र बनाउने सहमति हुनुलाई कम आकलन गर्न नमिल्ने बताए ।

 

उनले तेस्रो मुलुकबाट सामान आयात गर्दा अहिलेको नीति परिवर्तन गर्ने, बीरगन्जबाट मात्रै आउने बल्क कार्गो काकडभिट्टा, जोगबनी र रुपैडियाबाट पनि ल्याउने, महाकालीमा ड्राईपोर्ट बनाउने तथा थप नाका विस्तारमा भएको सम्झौता उपलब्धिमुलक रहेको बताए ।

 

कृषिजन्य बस्तु निर्यातको समस्या समाधान गर्न क्वारेन्टाईन निर्माणको सम्झौता महत्वपूर्ण उपलब्धी भएको भन्दै उनले ग्यास पाईपलाईन विस्तारबारे पनि केही प्राविधिक विषय मिलाई सहमति गर्न भारत तयार रहेको जानकारी दिए ।

 

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भएका दुईपक्षीय सहमति सम्झौता तथा संयुक्त वक्तव्यमा उल्लेखित विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाल र नेपालीको अपमान भएको र नेपाली जनता संसदको हित प्रतिकुल भएको भन्दै चर्को आलोचना गर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);