ललितपुर महानगरले करारमा कर्मचारी राख्छ : चिरिबाबु | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

ललितपुर महानगरले करारमा कर्मचारी राख्छ : चिरिबाबु

ललितपुर, ३ मंसिर । ललितपुर महानगरपालिकाले करारमा कर्मचारी राख्ने योजना अघि सारेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले करारमा कर्मचारी राख्ने योजना सार्वजनिक गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ‘स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएपछि’ आफूहरु करारमा कर्मचारी राख्न बाध्य हुनु परेको बताए ।

करारमा राखेका कर्मचारीहरुले राम्रो काम गरे २ वर्षपछि उनीहरुको म्याद थप गर्ने ललितपुर महानगरपालिकाको योजना छ । मेयर महर्जनले सबै वडामा इन्जिनियरहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको बताए ।

ललितपुर महानगरपालिका भित्र २९ वटा वडा रहेका छन् । ती सबै वडामा इन्जिनियर नियुक्त गर्ने तयारी भईरहेको मेयर महर्जनले बताए । स्थानीय तह संचालन ऐन अनुसार महानगरपालिकाले हरेक वडामा इन्जिनियर नियुक्त गर्नुपर्ने हुन्छ।

मेयर महर्जनले नेपाल सरकारको नीतिगत निर्णयमा ढिलाई हुँदा स्थानीय सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);