सात सहरमा वायुको गुणस्तर खस्कियो, सावधानी अपनाउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सात सहरमा वायुको गुणस्तर खस्कियो, सावधानी अपनाउन सुझाव

bayu pradushan-pollution in ktm

काठमाडौं, ३ मंसिर । एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ।

काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ।

यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम पार्ट पर मिलियन भन्दा माथि काटेको छ। यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि योग्य होइन।

श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको छ। तर सात दिनयता नेपालगन्जमा वायुको गुणस्तर शनिबार एक सय ४५ पीपीएमसम्म पुगेको छ।

यसअघि त्यहाँ एक सय ३८ पीपीएम पुगेको थियो। रत्नपार्कको स्टेसनले काठमाडौंमा ८८ देखि ९४ पीपीएम मापन गरेको छ। यो अति हानिकारक हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

विश्व स्वास्थ्य संगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य भनेको छ।

वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन।

गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);