काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहेको छ । सरकार गठन भएको करिब ८ महिना भएको छ । सरकारको बारेमा आम मानिसहरुको एउटा धारणा र सरकार भित्रै रहेका र नेकपा भित्रका नेताहरुको अर्को धारणा रहेको छ । धेरै जसो नेताहरुले सरकारले राम्रो काम गर्न सकेन भनेर टिप्पणी नै गरेका छन् । कतिपयले सरकारले गियर बदल्नु पर्यो भनिरहेका छन्, सरकारले काम गर्ने तौर तरिका बदल्नु पर्यो भनिरहेका छन् भने कतिपयले चाहिँ सल्लाहकार गलत भए भनेर टिप्पणी गरिरहेका छन् । आम मानिसहरु चाहिँ बलियो सरकारले जन चाहना अनुसार किन काम गर्न सकेन भनेर आसंका र नैराश्यता प्रकट गरिरहेका छन् । के कारणले यो सरकारले काम गर्न सकिरहेको छैन ? सरकारलाई के कुरा हो अप्ठ्यारो छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग गरेको कुराकानी हेर्नुहोस् :
निर्मलाको हत्यारालाई प्रचण्डको संरक्षण, सार्वजनिक गरे ओली सरकार ढल्छ : बिजुक्छे (भिडियो सहित)
ताजा समाचार
सात महादेशको हिमाल आरोहण गर्दै प्रकाश
१५ घन्टा अघि
रविको मुद्दामा सुरु भयो थुनछेक बहस
१६ घन्टा अघि