काठमाडौं, २८ कात्तिक । प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसलाई अहिले पार्टी भित्रकै नेताहरुले खरो टिप्पणी गरिरहेका छन् । प्रतिपक्षमा भएर पनि भूमिका देखिएन भनेर टिप्पणी र आलोचनाहरु हुन थालेको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनमा पुगेर अब प्रतिपक्ष पनि भूमिकाबिहिन भयो भनेर आफ्नै पार्टीको टिप्पणी गरे । सडक र सदनमा काँग्रेस भूमिकाविहीन भएकै हो ? ठुलो इतिहास बोकेको पार्टीले एजेन्डा तय गर्न नसकेकै हो त ? नेपाली काँग्रेसको बारेमा यति धेरै प्रस्नहरु सत्तापक्ष, सत्ता बाहिर, काँग्रेसकै नेता-कार्यकर्ताहरुले किन उठाईरहेका छन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतसँग गरेको कुराकानी हेर्नुहोस् :