प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०८१, शनिबार

प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा

prachanda

काठमाडौं, २८ कात्तिक । १० वर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काले मंगलबार पहिलोपटक प्रचण्ड र रामबहादुर थापा बादललाई भेटिन् ।

नसारोगबाट पीडित पत्नी सीताको उपचारका सिलसिलामा तातोपानी कुण्डमा स्नान गर्न पुगेका नेकपाका अध्यक्ष प्रचण्डसँगै गृहमन्त्री बादल पनि मंगलबार सिमलचौरस्थित खड्काको घर पुगेका थिए ।

प्रचण्ड र बादललाई सामुन्ने देखेपछि खड्का केहीबेर अवाक भइन् । लगत्तै जनयुद्धमा होमिएर परिवारका सदस्य गुमाएको पीडा सम्झँदै उनले भनिन्, ‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ । संघीय गणतन्त्र आयो ।

अब जनतालाई विकास चाहिएको छ । त्यो जिम्मेवारी पूरा गर्नुहोस् ।’ त्यहाँ जम्मा भएका सहिद परिवारका अन्य सदस्यले पनि उनीहरूलाई जनचाहना पूरा गर्न आग्रह गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);