चुरे संरक्षणमा ध्यान दिन आवश्यक : पूर्व राष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

चुरे संरक्षणमा ध्यान दिन आवश्यक : पूर्व राष्ट्रपति यादव

rambaran yadav

सप्तरी, २७ कात्तिक । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले तराइ मधेसको रक्षाका लागि चुरे संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडीमा आयोजित कार्यक्रममा उनले चुरे संरक्षण आवश्यक रहेको उल्लेख गरे ।

पूर्व राष्ट्रपति यादवले चुरे दोहनकै कारण तिलाठी–कोइलाडी जस्ता तराई–मधेसका ठाउँ डुबानमा पर्ने गरेको बताए । चुरे संरक्षण अभियानमा विशेष चासो राख्दै आएका यादवले यसका लागि सञ्चारमाध्यामको भूमिका महत्वपूर्ण रहने बताए ।

पूर्व राष्ट्रपति यादवले मुलुक निर्माणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने पनि बताए । सञ्चार माध्यम लोकतन्त्रको लागि अक्सिजन भएको पनि उनको भनाई थियो ।

ताजा समाचार