काठमाडौं, २७ कात्तिक । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका जनाइएको छ ।
तिहारको बेला सोडारीको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश कमिटीले पटक पटक पदअनुकुलको आचरण देखाउन आग्रह गरेपनि सोडारीले अटेर गरेको जनाइएको छ ।
प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पुर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।